प्रधानमन्त्री देउवाको गृहजिल्लाको आलितालमा कांग्रेसकै जित

प्रधानमन्त्री देउवाको गृहजिल्लाको आलितालमा कांग्रेसकै जित


डडेल्धुराको आलिताल गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।

आलिताल गाउँपालिकाको प्रमुखमा कांग्रेसका बलबहादुर गुरुङ र उपप्रमुखमा कांग्रेसकै ज्वाला देवी विष्ट बोगटी निर्वाचित भएका छन्।

प्रमुखमा निर्वाचित गुरुङले २२६१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलराम बोहराले २०९८ मत प्राप्त गरे।

यस्तै, उपप्रमुख विजयी भएकी ज्वाला देवीले २२४२ मत पाउँदा एमालेकी उम्मेदवार हरीनादेवी बोगटीले १९९४ मत प्राप्त गरिन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.