ओलीसँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण

ओलीसँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण


मौन अवधीमा पत्रकार सम्मेलन गरेको विषयमा निर्वाचन आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टिकरण सोधेको छ। साथै कार्यक्रम आयोजना गर्ने प्रेस चौतारी नेपाललाई पनि स्पष्टिकरण सोधिएको आयुक्त सुधिरकुमार शाहले सेतोपाटीलाई जानकारी दिए।

आयोगको हिजो बसेको बैठकको निर्णय अनुसार अध्यक्ष ओली र कार्यक्रम आयोजक चौतारीलाई स्पष्टिकरण सोधिएको उनले बताए।

‘उहाँहरूले मौन अवधिमा राजनीतिक कार्यक्रम गर्नुभयो, यो काम आचारसंहिता विपरित भएकाले हामीले स्पष्टिकरण सोधेका हौं,’ आयुक्त शाहले भने।

मौन अवधि सुरु भएपछि प्रेस चौतारीले सोमबार पत्रकार सम्मेलन आयोजना गरेको थियो। यो पत्रकार सम्मेलनलाई एमाले अध्यक्ष ओलीले सम्बोधन गरेका थिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.