कर छलीको आरोपमा रोनाल्डो पहिलो पल्ट अदालतमा उपस्थित

कर छलीको आरोपमा रोनाल्डो पहिलो पल्ट अदालतमा उपस्थित


कर छलीको आरोप बेहोरेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पहिलो पल्ट स्पेनको अदालतमा उपस्थित भएका छन्।

रोनाल्डोलाई केही महिनाअघि २०१० मा १ करोड ७३ लाख डलर बराबरको कर छली गरेको आरोप लागेको थियो। कर अधिकारीले उनीविरुद्ध कर छलीको मुद्धा दायर गरेपछि उनी सोमबार स्पेनको अदालतमा उपस्थित भएका हुन्।

विश्वका सबैभन्दा महंगा फुटबल खेलाडीले पटक पटक आफूमाथि लागेको आरोपको खण्डन गर्दै आइरहेका छन्। ३२ वर्षीय रोनाल्डोलाई कर छलीको आरोप लाग्नुअघि अर्जेन्टिनाका लिओनल मेसी पनि यही मुद्धामा फसेका थिए।

उनलाई पनि कर छलीको आरोपमा अदालतले गत वर्ष २१ महिनाको जेल साजय तोकेको थियो। तर, गत महिना मेसीलाई सुनाइएको सजायलाई परिवर्तन गर्दै उच्च अदालतले २ लाख ५२ हजार युरो तिरे पुग्ने निर्णय गरेको थियो। मेसीमाथि ४१ लाख युरो बराबरको कर छली गरेको आरोप लागेको थियो। जुन रोनाल्डोभन्दा १ करोड ६० लाख युरो कम हो।

रोनाल्डोले म्याड्रिड नजिकै पोजुइलो डे अलार्कोनमा रहेको अदालतमा स्थानीय समयअनुसार बिहान ११ बजे पुगेर आफू निर्दोष भएको कागजपत्र पेश गरेका थिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.