इस्प्यान्योलविरुद्ध रोहित १२ मिनेट मैदानमा

इस्प्यान्योलविरुद्ध रोहित १२ मिनेट मैदानमा


पेर्सिजा जर्काताबाट व्यवसायिक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय टोलीका स्टार फुटबलर रोहित चन्द सहभागी इन्डोनेसियाली क्लब स्पेनको आठौ वरियताको क्लब इस्प्यान्योलसँग ७–० ले पराजित भएको छ।

स्पेनिस ला लिगाको नयाँ सिजनभन्दा अगाडि मैत्रीपूर्ण खेल खेल्न जर्काता पुगेको इस्प्यान्योलले पहिलो हाफमै ४ गोलको अग्रता लिएको थियो। जर्कातामा खचाखच रंगशालामा खेलिएको यो मैत्रीपूर्ण खेलमा रोहित ७८ मिनेटपछि मैदानमा प्रवेश गरेका थिए।

पेर्सिजाले उनलाई प्लेईङ सेटमा उतारेको थिएन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.