गोलकिपर ब्राभोले ३ पेनाल्टी रोकेपछि चिली फाइनलमा, युरो विजेता पोर्चुगल बाहिरियो

गोलकिपर ब्राभोले ३ पेनाल्टी रोकेपछि चिली फाइनलमा, युरो विजेता पोर्चुगल बाहिरियो


गोलरक्षक क्लाउडियो ब्राभोको नायकिय प्रदर्शनपछि चिली पेनाल्टी सुटआउटमा युरो विजेता पोर्चुगललाई ३–० ले पराजित गर्दै कन्फिडरेशन कपको फाइनलमा पहिलो पल्ट प्रवेश गरेको छ।

निर्धारित ९० र थप गरिएको ३० मिनेटपछि पनि कुनै नतिजा ननिस्किएपछि कन्फिडरेशन कपको पहिलो सेमिफाइनल खेल पेनाल्टी सुटआउटबाट निर्धारण भएको थियो। जसमा कोपा अमेरिका विजेता चिलीका गोलरक्षक ब्राभोले पोर्चुगलका रिकार्डो क्युरेस्मा, जाओ माउटिन्हो र नानीको लगातार तीनवटा पेनाल्टी रोक्दै आफ्नो टोलीलाई फाइनल प्रवेश गराउन सफल भए।

चिलीका लागि आर्टुरो भिडाल, चार्लस अरानगुइज र एलेक्सिस साञ्चेज तीन जनाले नै गोल गरेका थिए। चिली फुटबलको ‘गोल्डेन जेनेरेशन’ मानिने यो टोलीले आइतबार हुने फाइनल खेल भोली जर्मनी र मेक्सिकोबीचको विजेतासँग खेल्ने छ।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.