रोनाल्डोको अगाडि मेसीको बखान

रोनाल्डोको अगाडि मेसीको बखान


क्रिस्टियानो रोनाल्डोले रुसमा पनि अपमानको सामना गर्नु परेको छ। विश्व फुटबलका उत्कृष्ट स्ट्राइकर मध्येका एक रोनाल्डो हाल कन्फिडरेशन कपका लागि रुसमा छन्। उनको कप्तानीमा रहेको पोर्चुगल कन्फिडरेशन कपको सेमिफाइनलमा छ। पोर्चुगलले आज राती मेक्सिकोसँग सेमिफाइनल खेल्ने कार्यक्रम रहेको छ।

सेमिफाइनल भिडन्त अगाडि मंगलबार अभ्यास गरेर होटल फर्किने क्रममा अर्जेन्टिनाका स्टार स्ट्राइकर तथा उनको प्रतिद्वन्दी लिओनल मेसीका समर्थकले ‘मेसी’ को नारा लगाउँदै रोनाल्डोलाई हतोत्साही बनाउने प्रयास गरेका थिए।

रोनाल्डोले यसपालिको कन्फिडरेशन कपमा ३ खेलमा २ गोल गरिसकेका छन्। ४ पल्टका बालोन डि’ओर विजेता रोनाल्डोको कप्तानीमा पोर्चुगलले युरो कपको उपाधि जितेको थियो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.