मेसीको विहेमा उपहार लैजान मनाही (विहे हुने स्थानको तस्विरहरु सार्वजनिक)

मेसीको विहेमा उपहार लैजान मनाही (विहे हुने स्थानको तस्विरहरु सार्वजनिक)


विश्व चर्चित खेलाडी अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीको बिहे शुक्रबार उनको जन्मस्थल रोसारियोको सान्ता फेस्थित सिटी सेन्टरको पाँच तारे होटलमा हुँदैछ। यसका लागि यो स्थानलाई अहिले सुरक्षा निकायले छाउनीमा रुपान्तरण गरेका छन्।

उनको निम्तो मान्न आउने आगन्तुकहरु भोलीदेखि अर्जेन्टिना पुग्ने कार्यक्रम छ। मेसी आफ्नो बच्चादेखिको साथी तथा लामो समयकी प्रेमिका आन्टोनेला रोक्युजोसँग जुन ३० मा वैवाहिक बन्धनमा बाँधिदै छन्। यो जोडी लामो समयदेखि बार्सिलोनामा सँगै बस्दै आइरहेको छ र दुवैबाट दुई बच्चाको पनि जन्म भइसकेको छ।

मेसीको विवाह हुने ठाउँलाई बेहुली जस्तै सिगार्ने काम भइरहेको छ। करिब २ सयभन्दा बढि सुरक्षाकर्मीले वैवाहिक कार्यक्रमलाई सुरक्षा दिइरहेका छन्। विवाहमा कुनै किसिमको उपहार ल्याउन मनाही गरिएको छ। तर, उपहार दिन चाहने आगन्तुकले लिओ मेसी फाउन्डेसनमार्फत डोनेसन गर्न सक्ने छन्। मेसीले रोसारियो र बाहिरका बालकहरुका लागि आफ्नो यही फाउन्डेसनमार्फत मानवीय कार्य गर्दै आइरहेका छन्।

मेसीले आफ्नो विहेमा आउने आगन्तुकलाई १ सय ८८ वटा कोठा भएको पाँच तारे पुलमान होटलमा राख्ने व्यवस्था मिलाएका छन्। जसको सामान्य कोठाको मूल्य नै १३ हजार ३ सयबाट सुरु हुने गर्छ। अर्जेन्टिनी मिडियाले मेसीको विहे हुने स्थानको तस्बिर सार्वजनिक गरेका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.