पत्रकार उपचार कोषलाई २० लाख सहयोग

पत्रकार उपचार कोषलाई २० लाख सहयोग


विभिन्न सङ्घसंस्था एवम् दाताहरुको सहयोगबाट पत्रकार सहारा उपचार कोषमा  २० लाख रुपैयाँ जुटिसकेको नेपाल पत्रकार महासङ्घ, झापा शाखाले जनाएको छ ।

लगभग एक वर्षदेखि थालनी भएको यो अभियानबाट कोषलाई  एक करोड रुपैयाँको बनाउने र त्यसबाट प्राप्त हुने ब्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्य रहेको कोषका संयोजक एकराज गिरीले जानकारी दिए । पछिल्लो समयमा विर्तामोडका फर्निचर व्यवसायी खगेन्द्र खरेलले कोषमा  २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।  रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.