नवलपरासीमा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

नवलपरासीमा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु


नवलपरासी आज भएको दुई छुट्टाछुट्टै घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।

साँझ सरावल गाउँपालिका–७ स्थित भुजहवामा सिसौको रुखबाट खसेर सरावल–७ भुजहवका चाँद हुसैनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै पाल्हीनन्दन गाउँपालिकामा बिजुलीको खम्बामा चढेर अम्बा टिप्न खोज्दा त्यहाँ बाँधिएको बिजुलीको नांगो तार छुँदा १२ वर्षीया आरती हरिजनको मृत्यु भएको भएको इलाका प्रहरी कार्यालय अमानीगन्जले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.