मोरङका चार पत्रकार सम्मानित हुने

मोरङका चार पत्रकार सम्मानित हुने


नेपाल प्रेस युनियन मोरङले प्रत्येक वर्ष प्रदान गर्दै आएका विभिन्न पुरस्कारबाट सम्मानित हुने पत्रकारहरुको नाम आज सार्वजनिक गरेको छ ।

शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार ‘न्यू सृष्टि दैनिकका प्रधान सम्पादक’ शंकर खरेल, बिबिसी नेपाली सेवाका विराटनगर संवाददाता विक्रम निरौला र उर्लाबारीका पत्रकार रुपेन्द्र शेर्मालाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ छ ।

त्यस्तै, ‘रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार’ पत्रकार अभयकुमार राईलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि ११ हजार रुपैयाँ रहेको नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिए।

उनले उक्त पुरस्कार छिट्टै विशेष समारोहको आयोजना गरेर प्रदान गरिने बताए । रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.