ढलमा परेकी सत्यालाई वृहस्पति विद्यासदनको डेढलाख सहयोग

ढलमा परेकी सत्यालाई वृहस्पति विद्यासदनको डेढलाख सहयोग


वृहस्पति विद्या सदनले गत असार ३० गते सामाखुशीको सडकमा जमेको पानीका कारण ढलमा परेकी सत्या सापकोटालाई डेढ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । विद्यालयले आइतबार नक्सालस्थित विद्यालय परिसरमा कार्यक्रम गरी सो रकम सापकोटालाई हस्तान्तरण गरेको हो ।

सापकोटालाई साहस तथा पुनर्संमायोजन गर्न सक्ने अनुपम विद्यार्थीको रुपमा, विद्यालयको तर्फबाट अध्ययनका लागि सहयोग स्वरुप एक लाख पचास हजार रुपैयाँ प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक सुमन थिङ लामाले जानकारी दिए । त्यस्तै, वृहस्पति विद्या सदनले आफ्नो विद्यार्थी सत्या सापकोटालाई प्रत्यक्ष सहयोग पुर्याउने फोटो ग्राफर सुशीला थापामगर, उद्धार गर्नुहुने वि.वि.लाल तामाङ्ग र हरि थापाप्रति ह्रदयदेखि नै आभार व्यक्त गरेको छ ।

उनीहरु प्रत्यकलाई योगदानको कदर स्वरुप प्रशंसापत्र तथा नगद १० हजार समेत विद्यालयले प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.