मृत्युको चालिस दिनपछि सञ्जयको अन्त्यष्टि

मृत्युको चालिस दिनपछि सञ्जयको अन्त्यष्टि


अमेरिकाको आलस्का राज्यस्थित डेनाली माउण्ड आरोहणका क्रममा मृत्यु भएका आरोही सञ्जय पण्डितको अन्त्यष्टि गरिएको छ। मंगलबार पण्डितको गृहजिल्ला प्यूठानमा अन्त्येष्टि गरिएको हो।

गत असार २ गते हाइ अल्टिच्युडका कारण पण्डितको मृत्यु भएको थियो। उनको शव सोमबार राति मात्रै नेपाल ल्याइएको थियो ।

उनलाई अन्तिम श्रद्धाञ्जलि दिन ठूलो संख्यामा प्यूठानी जनताको उपस्थिति थियो । उनको पार्थिव शरीरमा श्रीमति कञ्चन शर्माले दागबत्ती दिइन्।

पण्डितले सगरमाथासहित संसारका ६ महादेशको अग्ला शिखरहरुको आरोहण गरेका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.