साउन महिनाको दोस्रो सोमबार आज पशुपतिसहित अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ।
पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु सुन्दरीजलबाट खालि खुट्टा पैदल पशुपतिनाथ मन्दिरमा जल चढाउन आएका छन् । साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ ।
साउने सोमबारका व्रतालु महिलाहरुको पनि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरुमा बिहानैदेखि घुइँचो छ ।
हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।
हेर्नुहोस् केही तस्बिरहरू