पाँच वर्षीया बालिकालाई करणी गरेको अभियोगमा महत पक्राउ 

पाँच वर्षीया बालिकालाई करणी गरेको अभियोगमा महत पक्राउ 


पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाको हल्दिवारी गाउँपालिका–१ बाट ४८ वर्षीय गोपाल महतलाई पक्राउ गरेको छ । महतलाई स्थानीयवासीको सहयोगमा पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय झापाले बताएको हो ।

शनिबार सोही गाउँपालिका–२ सुकुम्वासी टोल निवासी एक बालिकालाई उनले जबर्जस्ती करणी गरेको उजुरीपछि महतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिए । रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.