झडपमा परि माओवादी कार्यकर्ता घाइते

झडपमा परि माओवादी कार्यकर्ता घाइते


मालारानी गाउँपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच भएको झडपमा परी घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

मालारानी गाउँपालिका वडा नं ३ खनदहको सुन्धरा प्रावि मतदान केन्द्रमा मतदानको समयमा भएको विवादले उग्ररुप लिएपछि एमालेका कार्यकर्ताको कुटपिटबाट माओवादीका कार्यकर्ता तथा अखिल क्रान्तिकारीका नेता नारायण खनाल घाइते भएका थिए।

घाइतेको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ। रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.