मतदान गरी फर्कंदै गर्दा एक्कासी बेहोस भएर ढलेका आचार्य अब कहिल्यै उठ्दैनन्

मतदान गरी फर्कंदै गर्दा एक्कासी बेहोस भएर ढलेका आचार्य अब कहिल्यै उठ्दैनन्


रोङ गाउँपालिकाको कोल्बुङ मतदानस्थलमा मतदान गरी फर्किने क्रममा एक जना मतदाताको बुधवार मृत्यु भएको छ ।

मतदान केन्द्रमा मतदान गरी फर्कंदै गर्दा बाटोमा एक्कासी बेहोस भएर लडेका चेतनाथ आचार्यलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल पु¥याइएको प्रहरीले बताएको छ । उनको अस्पतालमै मृत्यु भएको स्थानीयवासी गणेश अर्यालले जानकारी दिएका छन् ।
रोङ गाउँपालिका–३ निवासी आचार्य दिउँसो १२ बजे मतदान गरी घर फर्किरहेका बेला बेहोस भएका थिए । रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.