मतदान गरी फर्कंदै गर्दा एक्कासी बेहोस भएर ढलेका आचार्य अब कहिल्यै उठ्दैनन्

मतदान गरी फर्कंदै गर्दा एक्कासी बेहोस भएर ढलेका आचार्य अब कहिल्यै उठ्दैनन्


इलाम, असार १४ । रोङ गाउँपालिकाको कोल्बुङ मतदानस्थलमा मतदान गरी फर्किने क्रममा एक जना मतदाताको बुधवार मृत्यु भएको छ ।

मतदान केन्द्रमा मतदान गरी फर्कंदै गर्दा बाटोमा एक्कासी बेहोस भएर लडेका चेतनाथ आचार्यलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल पु¥याइएको प्रहरीले बताएको छ । उनको अस्पतालमै मृत्यु भएको स्थानीयवासी गणेश अर्यालले जानकारी दिएका छन् ।
रोङ गाउँपालिका–३ निवासी आचार्य दिउँसो १२ बजे मतदान गरी घर फर्किरहेका बेला बेहोस भएका थिए । रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.