निर्वाचन क्षेत्र निर्धारण आयोगमा राजनीतिक हस्तक्षेप हुने एमालेको आशंका

निर्वाचन क्षेत्र निर्धारण आयोगमा राजनीतिक हस्तक्षेप हुने एमालेको आशंका


नेकपा एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोगमा सरकारले राजनीतिक हस्तक्षेप गर्ने आशंका व्यक्त गरेको छ।
एमाले स्थायी समिति बैठकले ढिलो गरी बनेको निर्वाचन क्षेत्र निर्धारण आयोगले २४० क्षेत्रबाट १६५ निर्वाचन क्षेत्र बनाउँदा राजनीतिक हस्तक्षेप हुन लागेको आशंका जनाएको हो।

कार्यवाहक अध्यक्ष बामदेव गौमतको अध्यक्षतामा बसेको बैठकले आयोगलाई राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहन र समयमै काम सम्पन्न गर्न ध्यानाकर्षण गराएको हो।

एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोग ढिला गरी गठन हुँदा २०७४ माघ ७ गते भित्रै तिन वटै तहको निर्वाचन हुनेमा समेत शंका पैदा भएको जनाएको छ।

यसैबीच नेकपा एमालेले नेपालको संविधानको धारा २२० (३) अन्तर्गत हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि पर्वत जिल्लामा मनोहर पौडेल विश्वकर्मालाई प्रमुख तथा यमकुमारी रानालाई उपप्रमुख एवं मुस्ताङ जिल्लामा छिरिङ ल्हामु गुरुङलाई प्रमुख र रिञ्जिन नाम्गेल गुरुङलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.