मुटुमा समस्या अाएपछि पूर्व राजा ज्ञानेन्द्र शाह नर्भिक अस्पतालमा भर्ना

मुटुमा समस्या अाएपछि पूर्व राजा ज्ञानेन्द्र शाह नर्भिक अस्पतालमा भर्ना


बुधबार बिहान पूर्व राजा ज्ञानेन्द्र शाह नर्भिक अस्पतालमा भर्ना भएका छन् । मुटुमा समस्या आएपछि उनी  अस्पातालमा भर्ना भएका हुन् ।

नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उनलाई भर्ना गरिएको पारिवारिक स्रोतले बताएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको एउटा धमनीमा ८० प्रतिशत अवरोध छ ।

शाहको शुरूमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी गर्ने चिकित्सकले बताए । नियमित चेकजाँच गर्ने क्रममा मुटुका धमनीहरुमा केही अवरोध देखिएको छ’ चिकित्सकको भनाई उद्धृृत गर्दै पारिवारिक स्रोतले बताएको छ ।
अस्पताल स्रोतका अनुसार अझै केही दिन उनले अस्पतालमै बिताउनु पर्ने हुन्छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.