चुडामणिको मुद्दा अाज पनि ‘हेर्दाहेर्दै’मा,भोलि फेरि सुनुवाई हुने

चुडामणिको मुद्दा अाज पनि ‘हेर्दाहेर्दै’मा,भोलि फेरि सुनुवाई हुने


भ्रष्टाचारको आरोपमा पक्राउ परेका आन्तिरक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ ‘हेर्दाहेर्दै’मा सरेको छ। न्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रकाश सिंह राउतको इजलासमा परेको उक्त मुद्दा ‘हेर्दाहेर्दै’ समय अभाव भएर सरेको हो।

भ्रष्टाचारको आरोपमा अख्तियारले पक्राउ गरेका शर्मालाई गैरकानूनी थुनामा राखिएको भन्दै श्रीमती कल्पना शर्माले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिईन्। शुक्रबारदेखि मुद्दामा बहस जारी छ। तर बहसका बाबजूद चुडामणि बन्दी हुन् वा हैनन् भन्ने सर्वोच्चले छुट्याउन सकिरेको छैन।

बहस भोलि फेरि हुनेछ छ। शर्मा विरुद्ध अख्तियारले लगेको भ्रष्टाचार मुद्दा विशेष  अदालतमा दर्ता भैसकेको छ।
उनलाई कर फर्छ्यौट आयोगको सदस्य सचिव हुँदा १० अर्ब २ करोड भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको छ। कर फर्छ्यौट गर्दा अनियमितता गरेको आरोपमा अख्तियारले उनलाई पक्राउ गरेर अनुसन्धानका लागि आफ्नै हिरासतमा राखेको थियो।

पक्राउको १ महिना पछि उनीसँग ३ अर्ब रुपैँया धरौटी मागेको थियो। तर शर्माले धरौटी तिर्न नसकेपछि उनी थुनामै छन्। यद्यपी आज उनलाई बन्दीप्रत्यक्षीकरणको मुद्दाको सुनुवाईका क्रममा अदालतमा उपस्थित गराइएको थियो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.