झापाको मेची नगरमा कांग्रेस ४२ मतले अगाडि

झापाको मेची नगरमा कांग्रेस ४२ मतले अगाडि


झापाको मेची नगरपालिकामा अहिलेसम्मको मत परिणामअनुसार नेपाली कांग्रेसले झिनो मत अन्तरले अग्रता कायम राखेको छ।

शनिबार बिहान साढे ५ बजेसम्मको मत परिणामअनुसार यहाँ कांग्रेसका विमल आचार्य १८६६ मत ल्याएर अग्रस्थानमा छन्। यो उनका निकट प्रतिद्वन्द्वी एमालेका विष्णु प्रसाईंको तुलनामा ४२ मत मात्र बढी हो। यहाँ प्रसाईंले १८२४ मत ल्याएर आचार्यलाई पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका हंसलाल राजवंशीले ८१९ मत ल्याएका छन्।

त्यस्तै, उपमेयरमा भने एमालेकी मीना पोख्रेल उप्रेती १८०३ मतका साथ अगाडि छिन् भने कांग्रेसकी दुर्गा भुर्तेल खतिवडा १८५५ मत ल्याएर उनलाई पछ्याइरहेकी छन्। यहाँ माओवादी केन्द्रकी इन्दिरा कार्की भण्डारी ८१७ मतका साथ तेस्रो स्थानमा छिन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.