प्रदेश नम्बर ५ अपडेट: कांग्रेस र एमालेभन्दा माओवादीको जित दोब्बर

प्रदेश नम्बर ५ अपडेट: कांग्रेस र एमालेभन्दा माओवादीको जित दोब्बर


प्रदेश नम्बर ५ मा शनिबार बिहान ३ बजेसम्म प्राप्त मतपरिणामअनुसार माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा एमालेभन्दा धेरै ठाउँ जितेको छ।

माओवादी केन्द्रले यो प्रदेशमा ७ वटा गाउँपालिकामा विजय हासिल गरेको छ। तीमध्ये दाङमा एउटा र रुकुम तथा रोल्पामा तीन-तीनवटा गाउँपालिकामा जितेको छ।

दाङको बंगलाचुली गाउँपालिकामा भक्तबहादुर ओली, रुकुमको पुथा-उत्तरगंगा गाउँपालिकामा ओमप्रसाद घर्ती, भुमे गाउँपालिकामा रामसुर बुढा मगर र रुकुमकै सिस्ने गाउँपालिकामा कुमारी बराल गौतमले जितेका छन्। त्यस्तै, रोल्पाको थवाङ गाउँपालिकामा वीरबहादुर घर्ती, सुनछहरी गाउँपालिकामा आशबहादुर पुनमगर र दुईखोली गाउँपालिकामा नीमकान्त डाँगीले जितेका छन्।

यहाँ नेपाली कांग्रेस र नेकपा एमालेले तीन-तीनवटा गाउँपालिका जितेको छ।

कांग्रेसले जितेका गाउँपालिकामा नवलपरासीको प्रतापपुरमा राजकुमार शर्मा, गुल्मीको दरबारमा अशोककुमार थापा र गुल्मीकै चन्द्रकोट गाउँपालिकामा द्रोणबहादुर खत्री छन्।

त्यस्तै, एमालेले जितेकामा नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिकामा रामप्रसाद पाण्डे, पाल्पाको तिनाउमा अमरबहादुर घर्ती र पाल्पाकै पूर्वखोला गाउँपालिकामा नुनबहादुर थापा छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.