बैतडीको दशरथचन्द नगरपालिकामा नेपाली कांग्रेस विजयी

बैतडीको दशरथचन्द नगरपालिकामा नेपाली कांग्रेस विजयी


बैतडीको दशरथचन्द नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ। नेपाली कांग्रेसका नरेन्द्रसिंह थापाले ३७६२ मत ल्याई उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका पुष्करराज जोशीलाई हराएका हुन्। पुष्करले ३७०० मत पाएका छन्।

उपप्रमुखमा पनि कांग्रेसकै मिना चन्दले  ३७३१ मत पाएर जित हासिल गरेकी छन्। उनले आफ्नी निकटतम् प्रतिद्वन्द्वी एमालेकी सरस्वती नेपालीलाई पराजित गरेकी हुन्। नेपालीले २९९७ मत पाएकी छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.