पाल्पाका २ स्थानीय तह एमालेको हातमा

पाल्पाका २ स्थानीय तह एमालेको हातमा


प्रदेश नम्बर पाँचको पाल्पाका १० स्थानीय तहमध्ये पुर्वखोला र तिनाउँ गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन्। पुर्वखोलामा नुन बहादुर थापा र तिनाउँमा ओमबहादुर घर्तीमगरले गाउँपालिका अध्यक्षमा जित हात पारेका हुन्।

पुर्वखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ६ वटै वडामा एमाले प्यानलसहित विजयी भएको निर्वाचन अधिकृत विनोद रखालले जानकारी दिए।

पुर्वखोला गाउँपालिकाबाट आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका झमनबहादुर राजमगरलाई झण्डै ४ हजार मतले पछि पार्दै थापा विजयी भएका हुन्। उनले ५ हजार ६ सय ३६ मत ल्याएका छन्। उपाध्यक्षमा नेकपा एमाले कै भागिरथी भट्टराई ५ हजार ४ सय ३१ मत प्राप्त गरी विजयी भएकी छन्।

तिनाउँ गाउँपालिको अध्यक्षमा पनि नेकपा एमालेकै ओमबहादुर घर्तीमगर २ हजार ८ सय १९ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र प्रसाद पाण्डेले २ हजार ७ सय ७ मत पाएका थिए।

उपाध्यक्षमा नेकपा एमालेकी दमयन्ती थापाले २ हजार ८ सय ७५ मत ल्याएर जितेकी छन्। तिनाउँ गाउँपालिकाको ६ वडामध्ये १ र ५ मा नेकपा एमाले, ३, ४ र ६ मा नेपाली कांग्रेस र २ मा नेकपा माओवादी केन्द्र विजयी भएको निर्वाचन अधिकृत चेतराज बरालले बताए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.