प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुराः परशुराममा पनि मा‍ओवादीको अग्रता

प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुराः परशुराममा पनि मा‍ओवादीको अग्रता


प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका दुई नगरपालिका र पाँच गाउँपालिका गरी ७ स्थानीय तहमध्ये हालसम्म ६ वटाको नतिजा आइसकेको छ।

६ तहमध्ये तीनमा कांग्रेस, दुईमा एमाले र एकमा माओवादी केन्द्रले जित हासिल गरेका छन्।

अब बाँकी रहेको परशुराम नगरपालिकामा पनि हालसम्म गणना अनुसार माओवादी केन्द्रको अग्रता छ। परशुरामका निर्वाचन अधिकृत नारायण प्रसाद वाग्लेले दिएको जानकारी अनुसार त्यहाँ  ५ वडा सम्मको मत गणना भइसकेको छ र हाल ६ र ७ वडाको हुँदैछ।

अहिलेसम्मको मतपरिणाम अनुसार मेयर र उपमेयर दुवै पदमा माओवादी केन्द्रकै अग्रता रहेको वाग्लेले सेतोपाटीलाई जानकारी दिए। मेयरमा माओवादीले १९७० मत ल्याएर अग्रता लिएको छ भने कांग्रेसले १६८३ मत ल्याएर पछ्याइरहेको छ।

त्यस्तै एमाले भने १०८१ मत ल्याएको छ।

उपमेयरमा पनि १६५६ मत ल्याउँदै माओवादीले कांग्रेसलाई पछि पारेको छ।

कांग्रेसले १५७३ मत पाएको छ भने एमालेले १०९४ मत पाएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.