भोजपुरमा ३६ मतअन्तरले कांग्रेस विजयी

भोजपुरमा ३६ मतअन्तरले कांग्रेस विजयी


भोजपुरको भोजपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।

यहाँ कांग्रेसका कैलाशकुमार आलेले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका गणेश श्रेष्ठलाई ३६ मतको झिनो अन्तरले हराएका हुन्। मुख्य निर्वाचन अधिकृत प्रकाश श्रेष्ठका अनुसार आलेले ४०७० मत ल्याएका छन् भने एमालेका श्रेष्ठले ४०३४ मत ल्याएका छन्।

उपमेयरमा भने एमाले विजयी भएको छ। उनको मतअन्तर पनि ७२ मात्र छ।

एमालेका ममिता राईले ३७७३ मत ल्याएकी छन् भने उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कृतिकुमारी कार्कीले ३७०१ मत ल्याएकी छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.