यस्तो छ कैलालीको पछिल्लो मतपरिणाम

यस्तो छ कैलालीको पछिल्लो मतपरिणाम


प्रदेश नम्बर सातको कैलाली जिल्लाका विभिन्न स्थानीय तहमा अहिले मतगणना जारी छ।

धनगढी उपमहानगरसहित ६ नगरपालिका र ६ गाउँपालिका रहेको कैलालीको धनगढी उपमहानगरको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नृप वडले अग्रता लिइरहेका छन्। टीकापुर र भजनी नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमले सुरुआती अग्रता कायम राखेको छ। जोशीपुर गाउँपालिकामा पनि फोरमका उम्मेदवार अगाडि छन्।

जोशीपुरमा लोकतान्त्रिक फोरमका उम्मेदवारले २२२५ मत ल्याउँदा कांग्रेस उम्मेदवारले २ हजार मत पाएका छन्। तेस्रो स्थानमा संघीय समाजवादी फोरमका उम्मेद्वार छन्। उनले १८४६ मत पाएका छन्।

कैराली गाउँपालिकामा भने माओवादी केन्द्रले अग्रता लिएको छ। लम्कीचुहा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन्। जानकी गाउँपालिकामा पनि कांग्रेस उम्मेदवा नै अगाडि छन्।

घोडाघोडी नगरको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन्। गौरीगंगा नगरपालिकामा पनि माओवादी केन्द्र नै अगाडि छ। गौरीगंगाको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवारले १४५३ मत पाएका छन् भने एमाले उम्मदवार १४३९ मत ल्याएर दोस्रो स्थानमा छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.