रंगेलीमा कांग्रेसले माओवादीलाई २९३ मतले उछिन्यो

रंगेलीमा कांग्रेसले माओवादीलाई २९३ मतले उछिन्यो


मोरङको रंगेली नगरपालिकामा नेपाली कांग्रेसले माओवादी केन्द्रलाई २९३ मतले उछिनेको छ।

रंगेली नगरपालिका मेयरमा कांग्रेसका मोदराज घिमिरेले १०९९ मत ल्याएका छन् भने उनलाई पछ्याउँदै माओवादी केन्द्रका दिलिप बगेडियाले ८०६ मत ल्याएका छन्। एमालेका सन्तोषकुमार साह ४११ मत ल्याएर तेस्रो स्थानमा छन्।

त्यस्तै, उपमेयरमा कांग्रेसकी राधादेवी मण्डल ८६१ मत ल्याएर अग्रस्थानमा छिन्। उनलाई पछ्याउँदै माओवादी केन्द्रकी केशवकुमारी खरालले ७१३ र एमालेकी उषा झाले ५८९ मत ल्याएकी छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.