पाँचथरको तुम्बेवामा एमाले–माओवादी गठबन्धन र बागीलाई पराजित गर्दै कांग्रेस विजयी

पाँचथरको तुम्बेवामा एमाले–माओवादी गठबन्धन र बागीलाई पराजित गर्दै कांग्रेस विजयी


प्रदेश नम्बर १ को पहाडी जिल्ला पाँचथरको पहिलो मतपरिणाम आएको छ। जिल्लाको तुम्बेवा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका होमनाथ थापा विजयी भएका छन्। उनले २३५० मत पाएका छन्।

उनले माओवादी–एमाले गठबन्धनका देवेन्द्र खत्रीलाई पराजित गरेको निर्वाचन अधिकृत गणेश तिमल्सिनाले जानकारी दिए। तुम्बेवामा नेपाली कांग्रेसबाट मित्रप्रसाद थापा बागी उम्मेदवार बनेका थिए। बागी उम्मेदवार थापाले ३१९ मत पाएका छन्।

एमालेका धनप्रसाद साँवा निर्वाचित भएका छन्। उनले १९६४ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी राप्रपाका घनेन्द्र लिम्बूले १५४१ मत पाएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.