विराटनगरः कांग्रेसका भीम एमालेका ढकालभन्दा १ सय ९३ मतले अघि

विराटनगरः कांग्रेसका भीम एमालेका ढकालभन्दा १ सय ९३ मतले अघि


विराटनगर महानगरपालिकामामा कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ ।

मेयरमा कांग्रेसका भीम पराजुलीले आफ्नो परम्परागत प्रतिद्वन्द्वी नेकपा एमालेका विनोद ढकाललाई १ सय ९३ मतले पछि पार्दै अग्रता बढाएका छन् । पराजुलीले ६ सय ३४ र ढकालले ४ सय ४१ मत प्राप्त गरेका छन् ।

त्यस्तै संघीय समाजवादी फोरम र माओवादी केन्द्रका मेयरका उम्मेदवार उमेश यादवले ५३ मत पाएका छन् ।

त्यसैगरी उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीले ५ सय १८ मत, एमाले– लोकतान्त्रिक फोरम गठबन्धनकी सूची चौधरीले २ सय ५७ मत प्राप्त गरेकी छन्।

संघीय समाजवादी फोरम र माओवादी केन्द्रकी नमिता न्यौपानेले १ सय ५८ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाकी शोभा श्रेष्ठले २० मत प्राप्त गरेकी छन् ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.