लुम्बिनी सांस्कृतिक नगरमा राजपालाई पछ्याउँदै संघीय फोरम

लुम्बिनी सांस्कृतिक नगरमा राजपालाई पछ्याउँदै संघीय फोरम


लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य मनमोहन चौधरीले ८४२ मतका साथ अग्रता लिएका छन्। उनले संघीय समाजवादी फोरमका मेयर उम्मेदवार फुकुरूद्दीन खानलाई ३४१ मतले उछिनेका छन्। खानको अहिलेसम्म ५०१ मत आएको छ।

तेस्रो स्थानमा फोरम लोकतान्त्रिकका उम्मेदवार सजरूद्दीन खानले ४७७ मत प्राप्त गरेका छन्।

उपमेयरमा भने कांग्रेसकी रमादेवी यादव अगाडि छन्। यादवलाई राजपा नेता तथा स्वतन्त्र उम्मेदवार सर्वजीत गिरीले पछ्याएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.