बाँकेका २ गाउँपालिकामा कांग्रेस अघि, २ मा एमाले

बाँकेका २ गाउँपालिकामा कांग्रेस अघि, २ मा एमाले


बाँकेका ६ गाउँपालिकामध्ये दुईवटामा कांग्रेस र दुईवटामा एमालेको अग्रता छ भने राप्रपा र संघीय समाजवादी फोरमले एक/एकवटा गाउँपालिकामा अग्रता लिएका छन्।

डडुवा गाउँपालिकामा कांग्रेस २२७३ र राप्ती सोनारी गाउँपालिकामा १८४२ मत ल्याएर अग्रस्थानमा छ। त्यस्तै, बैजनाथ गाउँपालिकामा १७२३ र खजौरा गाउँपालिकामा १८५९ मत ल्याएर एमालेले अग्रता लिएको छ।

जानकी गाउँपालिकामा भने राप्रपा ४१२ मत ल्याएर अघिल्लो स्थानमा छ। त्यस्तै नरिनापुरमा २५४८ मत ल्याएर संघीय समाजवादी फोरम अगाडि छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.