नेपालगन्जमा कांग्रेसको भन्दा राप्रपाको दोब्बर मत

नेपालगन्जमा कांग्रेसको भन्दा राप्रपाको दोब्बर मत


प्रदेश नम्बर पाँचको नेपालगञ्ज उपमहानगरको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले कांग्रेसलाई दोब्बर मतले उछिनेका छन्।

राप्रपाका धवलशमशेर राणाले १८५२ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार सुरेशकुमार कनौडियाले ९७९ मत ल्याएका छन्। माओवादीका दामोदर आचार्य ९५८ मत ल्याएर तेस्रो स्थानमा छन्। एमालेका समसुद्दिन सिद्दिकी भने चौथो स्थानमा छन्।

यसबीच नेपालगन्जको २३ नम्बर वडामा संघीय समाजवादी फोरमका वडाध्यक्ष मोहम्मत हुसेनसहितको प्यानल विजयी भएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.