इटहरीमा कांग्रेसको विजयी सुरुवात, १ नं. वडामा प्यानल नै विजयी

इटहरीमा कांग्रेसको विजयी सुरुवात, १ नं. वडामा प्यानल नै विजयी


इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राख्दै विजयी सुरुवात गरेको छ। बिहीबार दिउँसो देखि सुरु भएको मतगणनामा कांग्रेसको अग्रता आज पनि कायमै रहेको हो।

इटहरी १ मा नेपाली कांग्रेसको वडाअध्यक्ष विष्णु चौधरीसहित प्यानल नै विजयी भएको छ। उनले एमालेका लालबहादुर लुइँटेललाई फराकिलो मत अन्तरले पछि पारेका हुन्।

इटहरी २० मा पनि अहिलेसम्म कांग्रेसकै प्यानल अगाडि छ।

२०५४ सालको गाविस अध्यक्ष द्वारिकालाल चौधरीलाई साविक हासपोसा १ र २ मा कांग्रेसले खाता खोलेको हो। तर नेपाली काग्रेसका क्षेत्रीय सभापति आफै वडानम्वर २० मा चुनावी मौदानमा भएको कारण पनि काग्रेसले अग्रता लिएको हो।

नेपाली कांग्रेस नगरसभापति तथा प्रभावशाली नेता हेमकर्ण पौडेलको वडामा कांग्रेसका वडाअध्यक्ष विष्णु चौधरी सहितको प्यानललै विजयी भएको हो।

नेता पौडेलको प्रभाव क्षेत्र भएको कारण पनि कांग्रेसले राम्रो मत हात पार्न सफल भएको बताइएको छ।

वडा नम्बर १ बाट वडा अध्यक्ष चौधरीसहित महिला सदस्य कुमोद चौधरी, दलित महिला सदस्य बिष्णुमाया नेपाली, सदस्य निश्चल पोखरेल, सदस्य रतन कार्की कैलास बिजयी भएका हुन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.