मतपरिणाम आएका नगरपालिकामध्ये एकमा एमाले, दुईमा कांग्रेस

मतपरिणाम आएका नगरपालिकामध्ये एकमा एमाले, दुईमा कांग्रेस


बुधबार दोस्रो चरणमा निर्वाचन भएका प्रदेश नम्बर १,५ र ७ का विभिन्न स्थानीय तहको मतपरिणाम आउने क्रम जारी छ। एक महानगरसहित ३३४ स्थानीय तहमध्ये हालसम्म ३३ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ।

हालसम्मको मतपरिणाम अनुसार एमालेले १४, कांग्रेसले ११, माओवादी केन्द्रले ७ र राष्ट्रिय जनमोर्चाले १ स्थानमा जित हासिल गरेको छ।

३३ स्थानीय तहमध्ये तीन नगरपालिका छन् जसमा एमालेले एक र कांग्रेसले दुईमा जितेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लाको अमरगढी नगरपालिकामा एमालेले कांग्रेसलाई हराएको हो। एमाले उम्मेदवार विश्वेश्वर (विपीन ओझा) ले नेपाली कांग्रेसका डिल्लीराज जोशीलाई हराएका हुन्।

त्यस्तै नेपाली कांग्रेसले भने बाजुराको बडिमालिका र दार्चुलाको महाकाली नगरपालिकामा जितेको छ। बडिमालिकामा कांग्रेसका पदम बडुवालले एमालेका गगनबहादुर रावललाई हराएका हुन्।

महाकालीमा कांग्रेसका हंसराज भट्टले एमालेका नरसिंह चैसिरलाई हराउँदै जित हासिल गरेका हुन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.