रुकुम जिल्ला बाँडियो, मतपरिणाम बाँडिएन

रुकुम जिल्ला बाँडियो, मतपरिणाम बाँडिएन


साविकको राप्ती अञ्चलको रुकुम जिल्ला संघीयता लागू हुँदा विभाजित भएर दुई प्रदेशमा बाँडियो। जिल्लाको आधा भाग प्रदेश नम्बर पाँचमा राखियो भने आधा प्रदेश नम्बर ६ मा। जिल्ला दुई प्रदेशमा बाँडिएपछि त्यहाँ चुनाव पनि दुई चरणमा भयो।

तर, दुई प्रदेशमा बाँडिएको जिल्लाका मतदाताले निर्णय भने उस्तै लिए।

वैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनमा रुकुमका छ स्थानीय तहमा माओवादीले अरु पार्टीलाई खाता खोल्न दिएन। यो क्रम दोस्रो चरणमा आइपुग्दा पनि कायमै रह्यो।

शुक्रबार साँझसम्म रुकुमका तीनै स्थानीय तहको मत परिणाम आइसकेको छ। यहाँ तीन स्थानीय तहमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

दोस्रो चरणमा चुनाव भएका पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
रुकुमको सिस्ने गाउँपालिकामा त माओवादीविरुद्ध कांग्रेस र एमालेले गठबन्धन नै गरेका थिए। तर दुई पार्टी विरुद्ध माओवादी एक्लै लड्दा पनि विजयी भएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.