रुकुमका तीनै तहमा माओवादीको ‘क्लीन स्वीप’

रुकुमका तीनै तहमा माओवादीको ‘क्लीन स्वीप’


रुकुमका तीनै तहमा नेकपा माओवादी केन्द्रमा विजयी भएको छ।

पछिल्लो मत परिणामअनुसार सिस्ने गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कुमारी बराल गौतम विजयी भएका छन्। उनले कांग्रेस–एमाले गठबन्धनका नन्दलाल शर्मालाई पराजित गरेकी हुन्।

त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रका गोर्वद्धन बुढा विजयी भएका छन्। उनले एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार लछिराम घर्तीलाई पराजित गरेका हुन्। त्यहाँ मतगणना सकिएको र केहीबेरमा औपचारिक घोषणा हुने निर्वाचन अधिकृत अर्जुन गौतमले जानकारी दिए।

यसअघि रुकुमकै भुमे र पुथा उत्तरगंगा गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भइसकेका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.