दोस्रो चरणको चुनावमा पहिलो महिला प्रमुख

दोस्रो चरणको चुनावमा पहिलो महिला प्रमुख


दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत डडेल्धुरामा पहिलो महिला प्रमुख विजयी भएकी छन्।

डडेल्धुराको भागेश्वर गाउँपालिका प्रमुखमा कांग्रेसका कौशिलाकुमारी भट्ट विजयी भएकी हुन्। उनले २००७ मत ल्याएकी छन्।

उनका निकट प्रतिद्वन्द्वी एमालेका विष्णुबहादुर ठकुराठीले १८४४ मत ल्याएका छन्।

उपाध्यक्षमा कांग्रेसकै पदमबहादुर बोहोरा विजयी भएका छन्। उनका निकट प्रतिद्वन्द्वी एमालेका कमला माली हुन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.