कानेपोखरीको २ नम्बर वडा गणना गर्दा एमाले अगाडि

कानेपोखरीको २ नम्बर वडा गणना गर्दा एमाले अगाडि


कानेपोखरी गाउँपालिकाको एक नम्बर वडाबाट मतगणना सुरु गर्दा नेपाली कांग्रेसले अग्रता लिएको थियो भने दुई नम्बरको गणना गर्दा नेकपा एमाले अगाडि छ।

२८७६ मत गणना गर्दा नेकपा एमालेका प्रमुखका उम्मेदवार तारा बहादुर काफ्लेले ७६ मतले अग्रता लिएका छन्। एमालेले १३८९ मत ल्याएको छ भने नेपाली कांग्रेसका उम्मेदवार केदर बहादुर थापाले १३१३ मत प्राप्त गरी दोस्रो स्थानमा छ। माओवादी केन्द्रका उम्मेदवार सूर्यबहादुर धिमालले ६ सय ५४ मत ल्याएर तेस्रो स्थानमा छन्।

गाउँपालिकाको उप्रमुखमा पनि एमालेकै अग्रता छ । नकेपा एमालेले १३८४, काग्रेसले ११२३ र माओवादी केन्द्रले ६०८ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.