मोरङको सुन्दरहरैंचा नगरपालिकामा एमाले ३१ मतले अगाडि

मोरङको सुन्दरहरैंचा नगरपालिकामा एमाले ३१ मतले अगाडि


मोरङको सुन्दरहरैंचा नगरपालिकाको मतगणना जारी हुँदा नेकपा एमालेले कांग्रेसलाई ३१ मतको झिनो अन्तरले पछि पारेको छ।

एमालेका मेयर पदका उम्मेदवार केदारप्रसाद गुरागार्इंले ३ हजार १ सय १७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी शिवप्रसाद ढकालले ३ हजार ८५ मत प्राप्त गरी पछ्याइरहेका छन्।

त्यस्तै माओवादी केन्द्रकी मेयर पदका उम्मेदवार लक्ष्मी न्यौपाने (लता) ले ५ सय ५ मत ल्याएकी छिन्।

उपमेयरमा पनि एमालेकी धनमाया ३ हजार १ सय १६ मत ल्याएर अग्रस्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी बिन्दा दाहाल थापाले २ हजार १६ सय ८९ मत पाएकी छन्।

माओवादी केन्द्रका नबराज चापागाईंले १ हजार ३ सय ५५मत प्राप्त गरेका छन्।

अहिले १, २ , ११ र १२ वडाको मतगणना जारी छ ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.