एमाले सचिव योगेश भट्टराईको गाउँपालिकामा एमालेको ‘क्लीन स्वीप’

एमाले सचिव योगेश भट्टराईको गाउँपालिकामा एमालेको ‘क्लीन स्वीप’


नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईको गाउँ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमालेले एकलौटी विजय हासिल गरेको छ।

छ वटा वडासहित अध्यक्ष र उपाध्यक्षमा भारी मतान्तरले एमालेका उम्मेदवारहरु विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ।

यो गाउँपालिकाको अध्यक्षमा राजन थक्लुङ, उपाध्यक्षमा कौशिला लिम्वू विजयी भएका छन्। थक्लुङले १ हजार ८ सय १५ मत गरेका छन्। निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर लिम्बुले १ हजार २ सय १९ मत प्राप्त गरे। उपाध्यक्षमा पनि एमालेकै कैसिला थक्लुङले १ हजार ९ सय ५१ मतप्राप्त गरेकी छन्। उनका निकट प्रतिद्वन्द्वी कांग्रेसकी सुजता लिम्बुले १ हजार ८४ मत प्राप्त गरेकी छन्।

त्यसैगरी वडा नम्वर १ मा अध्यक्ष दुर्गाबहादुर तामाङ, २ मा सुरेन्द्र साँवा, ३ मा थर्क (दिवस) चोङवाङ, ४ मा पूर्णबहादुर लिम्बू, ५ मा कुलप्रसाद वनेम, ६ मा बिष्णु नेयोङको टिम विजयी भएको हो।

यो नतिजा पछि सचिव भट्टराईले मैवाखोला गाउँ पालिका नमुना गाउँको रुपमा बिकास गर्न सबै लाग्नु जरुरी भएको प्रतिक्रिया दिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.