दार्चुलाको लेकममा एमाले विजयी

दार्चुलाको लेकममा एमाले विजयी


दार्चुलाको लेकम गाउँपालिकामा नेकपा एमालेका परमानन्द जोशी विजयी भएका छन्। उनी २ हजार २ सय ३५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका उत्तम नाथले २१ सय ३५ मत पाए।

त्यस्तै उपाध्यक्षमा एमालेका माधवी जोशी २ हजार २ सय ३० मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी कांग्रेसका हरिना ओझाले २ हजार १ सय ५० मत ल्याइन्। लेकम गाउँपालिकाको १, ३, ४, ५ र ६ मा कांग्रेसले जितेको छ भने २ नम्बर वडामा एमाले विजयी भएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.