विराटनगर, इटहरी र धरानको ‘हेभीवेट’ स्पर्धामा कांग्रेसकै अग्रता

विराटनगर, इटहरी र धरानको ‘हेभीवेट’ स्पर्धामा कांग्रेसकै अग्रता


एक नम्बर क्षेत्रको निकै ‘हेभीवेट’ मेयरपदको मतगणनामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।

विराटनगर महानगरपालिका, इटहरी र धरान उप–महानगरपालिकाको मतगणनामा आफ्नो परम्परागत प्रतिद्वन्द्वी नेकपा एमालेलाई कांग्रेसले पछाडि छोडेको छ।

विराटनगर महानगरपालिकाको मेयर पदमा कांग्रेसका भीम पराजुलीले ८२ मतको अन्तर बनाइसकेका छन्। उनले एमालेका विनोद ढकालविरुद्ध २ सय ५६ मत प्राप्त गरेका छन्। ढकालको १ सय ७४ मत छ।

यस्तै, एमालेको गढ मानिने इटहरी उप–महानगरपालिकामा कांग्रेसका रोहित प्रसाईले १ सय ८१ मतको अग्रता बनाएका छन्। उनले एमालेका द्वारिकालाल चौधरीविरुद्ध १ हजार ३१ मत प्राप्त गरेका छन्। चौधरीको ८ हजार ५० मत छ।

धरान उपमहानगरमा कांग्रेसका तिलक राईले १ सय ५३ मतले अग्रता बनाएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी एमालेका तारा सुब्बाविरुद्ध ५ सय ६९ मत प्राप्त गरेका छन्। सुब्बाको ३ सय १६ मत छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.