ओलीको गृहनगर तनावपूर्ण, प्रहरी परिचालन

ओलीको गृहनगर तनावपूर्ण, प्रहरी परिचालन


निर्वाचन परिणामलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर तनावपूर्ण बन्न पुगेको छ। राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का कार्यकर्ताले आफ्नो उम्मेदबारलाई योजनाबद्ध रुपमा हराउन निर्वाचन अधिकारीहरु परिचालित भएको भन्दै नारा जुलुस गरेपछि अहिले स्थिति तनावपूर्ण बनेको छ।

दमक वडा १ को विजेताको रुपमा निर्वाचन कार्यालयले पहिले राप्रपाका उम्मेदबार तारा अधिकारी घोषित गरेका थिए। तर, पछि निर्वाचन अधिकारीले एमालेका वडा अध्यक्षका उम्मेदवार हरि न्यौपाने र अधिकारीको मत बराबरी भएको घोषणा गरेपछि स्थिति तनावग्रस्त बनेको छ।

स्थितिलाई सामान्य बनाउन अहिले प्रहरीहरु परिचालन भएका छन्। राप्रपाले आफ्नो उम्मेदबारलाई विजयी घोषणा गर्न र निर्वाचन प्रमुखलाई हटाउन माग गरिरहेका छन्। उनीहरुले पारदर्शीताका लागि पत्रकारहरुलाई पनि मतगणना स्थलमा प्रवेश दिनु पर्ने माग गरेका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.