सात नम्बर प्रदेशमा कांग्रेस अगाडि, को कहाँ अगाडि

सात नम्बर प्रदेशमा कांग्रेस अगाडि, को कहाँ अगाडि


प्रदेश नम्बर सातको स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता लिएको छ। नेपाली कांग्रेसले २ स्थानमा विजय हाशिल गरेको छ भने ३३ स्थानमा अग्रता लिएको छ।

नेकपा एमोलेले पनि ३ स्थानमा विजय हासिल गरेको छ भने २० स्थानमा अग्रता लिएको छ।

नेपाल लोकतान्त्रिक फोरमले २ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ वटा स्थानीय तहमा अग्रता लिएका छन्।

कैलालीको चार स्थानमा एमालेले अग्रता लिएको छ भने कांग्रेस र माओवादीले ३–३ स्थानमा अग्रता लिएका छन्। नेपाल लोकतान्त्रिक फोरमले १ स्थानमा अग्रता लिएको छ।

वैतडीमा माओवादी केन्द्र ५ स्थानमा अगाडि रहेको छ। नेपाली कांग्रेस ३, राप्रपा २ र नेकपा एमाले १ ठाउँमा अगाडि रहेको छ।

बाजुरामा कांग्रेसले १ ठाउँमा विजय हाशिल गरेको छ भने ५ स्थानमा अग्रता लिएको छ। त्यस्तै एमाले १ ठाउँमा विजयी भएको छ भने एक ठाउँमा अग्रता लिएको छ । माओवादी एक ठाउँमा अगाडि छ।

वझाङमा एमाले २ ठाउँमा विजयी भएको छ भने ५ ठाउँमा अगाडि रहेको छ । नेपाली कांग्रेस एक ठाउँमा विजयी भएको छ।

दार्चुलामा ६ ठाउँमा कांग्रेस अगाडि रहेको छ भने माओवादी र एमाले १–१ ठाउँमा अगाडि छन् ।

डोटीमा नेपाली कांग्रेस ६ स्थानमा अगाडि रहेको छ भने एमाले २ स्थानमा अगाडि रहेको छ। माओवादीले एक ठाउँमा अग्रता लिएको छ।

डडेलधुरामा कांग्रेसले चार, एमालेले दुई र माओवादी केन्द्रले एक ठाउँमा अग्रता लिएका छन्।

कञ्चनपुरमा एमाले ३ स्थानमा, माओवादी केन्द्र २ स्थानमा र कांग्रेस २ स्थानामा अगाडि छ।

अछाममा कांग्रेस चार, एमाले तीन र माओवादी तीन स्थानमा अगाडि छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.