मोरङको सुन्दरहरैचामा एमालेको अग्रता 

मोरङको सुन्दरहरैचामा एमालेको अग्रता 


सुन्दरहरैचा नगरपालिकाको मत गणना जारी हुँदा नेकपा एमालेले अग्रता लिएको छ।

७ हजार १ सय मतगणना हुँदा एमालेका मेयर पदका उम्मेदवार केदारप्रसाद गुरागाईले २ हजार ४ सय ५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी शिवप्रसाद ढकालले २ हजार ३ सय २१ मत प्राप्त गरि पछ्याइरहेका छन्। त्यस्तै माओवादी केन्द्रका मेयर पदका उम्मेदवार लक्ष्मी न्यौपाने(लता) ले ४ सय ९ मत ल्याएकी छिन्।

त्यसैगरी उपमेयरमा एमालेकी धनमायाले २ हजार ४ सय ३४ मत ल्याएर अग्रस्थानमा रहेकी छिन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसकी बिन्दा दाहाल थापाले १ हजार ६ सय ५२ मत प्राप्त गरेकी छिन्। माओवादी केन्द्रबाट चर्चामा रहेका उपमेयर पदका उम्मेदवार नवराज चापागाईंले १ हजार ९५मत प्राप्त गरेका छन्। अहिले १, २ , ११ र १२ वडाको मत गणना जारी छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.