कांग्रेस नेताको वडाबाट फोरम विजयी, राजपा वरिष्ठ नेता त्रिपाठीको वडामा कांग्रेस

कांग्रेस नेताको वडाबाट फोरम विजयी, राजपा वरिष्ठ नेता त्रिपाठीको वडामा कांग्रेस


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री देबेन्द्रराज कँडेलको वडाबाट संघीय समाजवादी फोरमले जितेको छ। कँडेलको पाल्हीनन्दन गाउँपालिका– १ बाट संघीय समाजवादी फोरमका लल्लन यादव विजयी भएका हुन्।

उनले नेपाली कांग्रेसका चुल्हाई यादवलाई १ सय २७ मतले हराएका हुन्। फोरमबाट विजयी लल्लन नेपाली कांग्रेसका वडा संयोजक थिए। उनलाई पार्टीले टिकट नदिएपछि फोरमबाट चुनाव लडेका थिए।

यसैबीच स्थानीय तह निर्वाचनको बहिष्कारमा रहेको राजपाका वरिष्ठ नेता हृदयश त्रिपाठीको वडामा नेपाली कांग्रेसले जितेको छ। प्रतापपुर गाउँपालिकाको वडा नम्बर ६ मा त्रिपाठीको घर छ। उक्त वडामा फोरम लोकतान्त्रिकलाई हराउँदै नेपाली कांग्रेसका रामहरि उपाध्यायको पूरै प्यानल बिजयी भएको हो। वडाअध्यक्षबाहेक उक्त वडाका सबै सदस्यहर यसअघि निर्विरोध भएका थिए ।

राजपाले चुनावमा भाग नलिन उर्दी जारी गरे पनि गाउँ र जिल्लाका प्रमुख नेतावाहेक कार्यकर्ता र समर्थकहरु भने मतदानमा सहभागि भएका थिए । सो गाउँपालिकामा ६८. ८६ प्रतिशत मत खसेको छ। कुल २४ हजार १ सय २३ मतदाता रहेको प्रतापपुर गाउँपालिकामा १६ हजार ६ सय १३ मत खसेको निर्वाचन अधिकृत माधवप्रसाद ढुंगानाले जानकारी दिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.