संखुवासभाका दुई वटा गाउँपालिका कांग्रेस विजयी

संखुवासभाका दुई वटा गाउँपालिका कांग्रेस विजयी


एक नम्बर प्रदेशको संखुवासभाका दुई गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ। चिचिला गाउँपालिकामा अध्यक्षमा पासाङ नर्बु शेर्पा  १४६२ मत र उपाध्यक्षमा यदुकुमारी राई १३७१ मतले  विजयी भएका छन् ।

त्यसैगरी संखुवासभाकै सिलिचोङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमै नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा काँग्रेसका रामबहादुर राई १८८१ मत  र उपाध्यक्षमा काँग्रेसकै लालकुमारी राई विजयी १६९९ मतले भएका हुन् ।

योसँगै दोस्रो चरणको निर्वाचनमा कांग्रेसले तीन तह जितेको छ । एमालेको दुई तथा माओवादी केन्द्रको एक तह रहेको छ ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.