पूर्वी पहाडी जिल्लामा एमालेलाई चुनौती दिँदै कांग्रेसको अग्रता

पूर्वी पहाडी जिल्लामा एमालेलाई चुनौती दिँदै कांग्रेसको अग्रता


दोस्रो संविधान सभाको निर्वाचनमा स्पष्ट बहुमत प्रदर्शन गरेको नेकपा एमालेलाई पूर्वका पहाडी जिल्लामा आफ्नो शाख जोगाउन हम्मेहम्मे देखिएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पूर्वका ९ वटा पहाडी जिल्लाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसको अग्रता देखिएको छ।

दोस्रो संविधान सभाको निर्वाचनमा एमालेले पूर्वी पहाडी जिल्लाहरुबाट १२ सिट जितेको थियो। तर, स्थानीय तहको निर्वाचनको प्रारम्भिक मतगणनामा ९ जिल्लाको २१ नगरपालिकामध्ये कांग्रेसले १३ स्थानमा अग्रता बनाएको छ। एमालेको भने ८ नगरपालिकामा पकड देखिएको छ।

निर्वाचन अधिकृतहरुले विहान ६ बजेसम्म दिएको रिपोर्टको आधारमा कांग्रेसले पाँचथरको फिदिम नगरपालिका, इलामको ४ वटै नगरपालिका, संखुवासभाको ५ मध्ये २ नगरपालिका, तेह्रथुमको दुवै नगरपालिका, भोजपुरको दुवै नगरपालिका, खोटाङको एक नगरपालिका र ओखलढुंगाको एक नगरपालिकामा अग्रता बनाएको छ।

एमालेले भने ताप्लेजुङको फुङ्लिङ नगरपालिका, संखुवासभाको ३ वटा नगरपालिका, धनकुटाको तीन वटै नगरपालिका, खोटाङको एक नगरपालिकामा अग्रता बनाएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.