अर्घाखाँचीको भुमिकास्थानमा एमाले अगाडि

अर्घाखाँचीको भुमिकास्थानमा एमाले अगाडि


अर्घाखाँचीको भूमीकास्थान नगरपालिकामा एमालेले अग्रता लिएको छ। बिहान चार बजेको मतपरिणाम अनुसार एमालेका उम्मेद्वार पिताम्बर भुषालले १०१७ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन्। उनलाई कांग्रेस र माओवादी गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका रेशम थापाले ९५५ मतका साथ पछ्याइरहेका छन्।

राष्ट्रिय जनमोर्चाका मेयरका उम्मेद्वार कबिराम खनालले ८३१ मत प्राप्त गरेका छन्।

उपमेयरमा पनि एमालेकै सुनिता बेल्बासे अगाडि छन्। उनले ११३३ मत पाएकी छन्। कांग्रेसका खनानन्द बेल्बासेले ९२३ मत पाएका छन्। राष्ट्रिय जनमोर्चाकी सकुन्तला रानाले ५९१ मत पाएकी छिन्।

निर्वाचन अधिकृत चेतप्रसाद उप्रेतीले मतगणना जारी रहेको जानकारी दिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.